महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल महोत्तरीको अध्यक्षमा राम नरेश राय निर्वाचित हुनुभएको छ।
शुक्रबार भएको निर्वाचनमा अबेर राति सार्वजनिक मतपरिणाम अनुसार रायले १९५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी राम प्रकाश यादव यादवले ११० मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा रामेश्वर राय यादव १८६ मत र शिवचन्द्र साह १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने कुमरकान्त झाले १०५ मत प्राप्त गर्नुभएको छ । सचिव पदमा महेश कुमार यादव विजयी हुनुभएका उहाँले २०२ मत पाउँदा उहाँका प्रतिद्वन्दी रविन्द्र महतो ७५ मत र श्याम किशोर चौधरी ९ मत प्राप्त गर्नुभएको छ ।
उपसचिव पदमा प्रकाश साह र खुसी पटेल विजयी हुनुभएको छ । उनीहरुले क्रमशः १८१ र १२९ मत प्राप्त गरेका छन भने लक्ष्मी नायक १०३ , ज्ञानेन्द्र प्रसाद साह ९३ र अरुण कुमार यादव ३३ मत प्राप्त गरेका छन ।
त्यसैगरि कोषाध्यक्षमा सखिचन्द्र यादव विजयी हुनुभएको छ । उहाँले १६१ मत प्राप्त गर्दा बन्दना पाण्डेले १२३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै ५० जना सदस्यकालागि ४६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि सवै सदस्य निर्विरोध भएका छन् ।
जसपा नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशनमा ३३३ मतदाता मध्ये ३०९ मतदाताले मतदान गरेका थिए । मधेसी जनअधिकार फोरम नेपालबाट जसपा नेपालसम्मको २५ वर्षको यात्रामा यसपटक पहिलो पटक लोकतान्त्रिक प्रक्रियामा निर्वाचन भएको छ ।