राष्ट्रपतिद्वारा संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान

वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिद्वारा संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.