शिक्षा विधेयक पारित गर्ने तयारीसहित संघीय संसद् बैठक वैशाख १२ गते बोलाउने सरकारको निर्णय

वैशाख २, २०८२ |दशरथ राई
शिक्षा विधेयक पारित गर्ने तयारीसहित संघीय संसद् बैठक वैशाख १२ गते बोलाउने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले संघीय संसदको अधिवेशन वैशाख १२ गते बोलाउने निर्णय गरेको छ । आज राति बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने तयारीसहित वैशाख १२ गते संसद बैठक बोलाउने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी, नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सरकार तयार रहेको मन्त्री भट्टराईले जनाउनु भयो । त्यसका लागि आन्दोलनरत शिक्षकहरुसँग संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको उहाँले बताउनु भयो ।

शिक्षकहरुको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हाल विद्यार्थी भर्नाको समय र एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को परीक्षा समेत आएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय पनि सरकारले गरेको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।