सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

जेष्ठ ११, २०८२ |उत्तम चौलागाईं
सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

खोटाङ । पौडी खेल्ने क्रममा सुनकोशी नदीमा खोटाङका एक किशोर बेपत्ता भएका छन । हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा घर भएका १६ वर्षीय सविन राई सुनकोशीमा नदीमा बेपत्ता भएका हुन् ।

शनिबार बिहान करिब ११ बजेको समयमा राईलाई पौडी खेल्दा खेल्दै सुनकोशीले बगाएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयाे ।

स्थानीयहरूले खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको वडाध्यक्ष राईको भनाई छ ।

च्यास्मिटार प्रहरी चौकीबाट प्रहरीहरू घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।