खोटाङको सावाखोलामा मोटरेबल पक्की पुल निर्माण

जेष्ठ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
खोटाङको सावाखोलामा मोटरेबल पक्की पुल निर्माण

खोटाङ । खोटाङको खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ ।

सावाखोलाको भानुमती घाटमा निर्माण गरिएको ४१ दशमलव ४० मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाइको मोटरेबल पक्की पुल भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको ८ करोड २१ लाख ७२ हजार लागतमा निर्माण गरिएको हो। 

पुल निर्माणसँगै खोटेहाङ साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीलाई उदयपुरको बेलटार हुँदै तराई जान, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई सदरमुकाम दिक्तेल र ईलाका प्रशासन कार्यालय खोटाङबजार आवतजावत गर्न सहज भएको छ । 

पक्की पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०८० वैशाख-११ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेर निर्माणको काम सुरू गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.