संखुवासभा । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले आरोपबाट बच्न कर्मचारीले गृहमन्त्री रमेश लेखकमाथि दोष थुपारेको बताउनुभएकाे छ। उहाँले कांग्रेसका नेताहरू बद्नियत राखेर काम नगर्ने पनि बताउनुभयाे । ग्रहमन्त्रीलाई जोडेर कांग्रेसलाई बदनाम गर्न खोजिएको उहाँकाे भनाइ छ।
खाँदवारीमा आइतबार आयोजित छलफल कार्यक्रममा उहाँले पछिल्लो समय सरकारमा गएका कांग्रेसका मन्त्रीहरू अनावश्यक विवादमा मुछिएको बताउनुभयाे ।
कम्युनिष्ठ पाटीको अधिनमा देशको ठूलो पार्टी काङ्ग्रेस बसेको उहाँले जिकिर गर्नुभयाे। यस्तै, उहाँले सुसासन, संविधान संसोधनलगायतका विषयलाई अघि बढाउन कांग्रेसले यो बाटो रोजेको स्पष्ट पार्नुभयाे।
अहिलेको कुनैपनि मन्त्रीले जनताले देख्ने गरी काम गर्न नसकेको पनि समेत उहाँले आरोप लगाउनुभयाे । कोशी प्रदेशका विभिन्न जिल्ला दौडाहामा निस्केका घिमिरेले कांग्रेस परम्परागत तरिकाले चलेको बताउनुभयाे।