काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ । साथै पार्टीको आन्तरिक गतिविधि र सरकारको काम कारबाही र आगामी आर्थिक वर्षको बजेट र गणतन्त्र दिवस मनाउने विषयमा विषयमा छलफल हुनेछ ।