संघीयता ठीक ढंगले हिँड्न सकेन : गगन थापा

चैत्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
संघीयता ठीक ढंगले हिँड्न सकेन : गगन थापा

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयता ठीक ढंगले हिँड्न नसकेको बताउनुभएको छ । धनकुटामा कार्यकर्ता भेटघाटका क्रममा महामन्त्री थापाले संघीयता अहिले टाउकोले टेकेर हिँडिरहेको टिप्पणी गर्नुभएको हो । 

यतिका धेरै महँगो र जनप्रतिनिधि मुलुकले धान्न नसक्ने उहाँको भनाइ छ । मिलाउनुपर्ने कुरा धेरै भएकाले २०८४ को निर्वाचन अघि संविधान संशोधन अनिवार्य भएको उहाँको भनाइ थियो ।

महामन्त्री थापाले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्न अधिवेशन प्रणाली नै फेर्नु पर्ने बताउनुभयो । अधिवेशनका बेला वडादेखि बनेर गएको गुटले कांग्रेसलाई सम्हालेर जान नसकिने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले भ्रष्टाचारमा मुछिए आफू वा पार्टी सभापति नै भए पनि कारबाहीको भागिदार बन्नुपर्ने बताउनुभयो । अदालतले दण्ड दिएको व्यक्ति बचाउन कांग्रेस सडकमा ननिस्कने उहाँको भनाइ थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.