काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरुका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यावाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भ्रातृ संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको विधानअनुसार कार्यसम्पादन समितिको बैठक हरेक महिना बस्ने प्रावधान छ ।
पछिल्लो समय भने कार्यसम्पादन र केन्द्रीय समिति दुवै बैठक समयमा बसिरहेका छैनन् । पार्टीको १५औँ महाधिवेहनको समय नजिकिँदै गर्दा कांग्रेसका नेताहरूबीच ध्रुबीकरणासमेत सुरू भइसकेको छ ।