वार्ता र संवादबाट पाथीभरा केबलकारको विवाद टुंग्याउनु पर्छ : जनार्दन शर्मा

चैत्र ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
वार्ता र संवादबाट पाथीभरा केबलकारको विवाद टुंग्याउनु पर्छ : जनार्दन शर्मा

ताप्लेजुङ । माओवादी केन्द्रका उप-महासचिव एवं पुर्व मन्त्री जनार्दन शर्माले पाथीभरा केबलकारको विवाद वार्ता र संवादबाट टुंग्याउनु पर्ने बताउनुभएको छ ।

फक्ताङलुङ गाउँकमिटिको पालिका अधिबेशनकालागि ताप्लेजुङ पुग्नुभएका शर्माले आज बिहान सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

केबलकार विवादकालागि सरकारले वार्ताको पहल गरिरहेको देखिएको र त्यसलाई अझ गति दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

‘सरकारले वार्ताको पहल गरिरहेको पाएको छु,’ शर्माले भन्नुभयो, ‘यसको समाधान वार्ता र संवादबाटै निकाल्नु पर्छ र यसलाई चाडै टुंग्याउनु पर्छ,।’

उर्जा मन्त्रालयका निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिरहेको व्यवहार प्रति टिप्पणी गर्दै उहाँले त्यो काम गलत भइरहेको बताउनुभयो ।

‘हाम्रोमा कस्ले कतीवेला नियुक्ति गर्यो भनेर कुद्रिष्ट राख्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘यो राम्रो होइन, राम्रो काम गर्नेलाई राम्रो भन्नु पर्छ ।’

शर्माले घिसिङको खुलेरै प्रशंसा चाँही गर्नुभएनन् । आफु उर्जा मन्त्री हुँदा नेपाललाई लोडसेडिङ मुक्त गराएको स्मरण गराउँदै उहाँले त्यसबेलाका मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

‘मेरो भिजन लागु गर्नेमा उहा (अनुपकुमार) राम्रो हुनुहुन्थ्यो,’ जनार्दनले भन्नुभयो, अरु धेरै साथीहरुको टिम मिलेर उर्जाको क्षेत्रमा काम गर्यौ र कुलमान जीलाई ल्यायौं यसलाई सबैले सकारात्मक रुपमा लिएका छन् ।’

आफु अर्थमन्त्री हुँदा छ अर्ब रुपैयाँ छुट्याएर सुरु गरेको तमोर करिडोरको प्रगती देखेर उत्साहीत भएको उहाँको भनाइ छ । त्यही बाटो भएर धरानबाट ताप्लेजुङ आएका उहाँले पुर्वमा यो सडकले धेरै अपसर सृजना गर्ने दाबी समेत गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.