काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने विषयमा नागरिक उन्मुक्तिको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
आज ११ बजेबाट रत्नराज्य स्कुलनजिकै रहेकाे सनराइज पार्टी प्यालेसमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
बैठकबाट जनमत पार्टीसँग एकता गर्ने निर्णय गर्ने, एकताको खाका कोर्न कार्यदल गठन गरिने बताइएको छ ।
यस्तै एकताका लागी पदीय हैसियत मिलाउने सम्पूर्ण जिम्मा संस्थापक अध्यक्ष रेशम चौधरीलाई दिइएको सांसद रन्जिता श्रेष्ठ जानकारी दिनुभएको छ ।