सडक दुर्घटनाका घाइतेको उपचार सरकारले गर्नुपर्ने सांसदहरुको माग

फाल्गुन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सडक दुर्घटनाका घाइतेको उपचार सरकारले गर्नुपर्ने सांसदहरुको माग

काठमाडौं । सांसदहरुले सडक दुर्घटनाका घाइतेहरुलाई नि:शुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोलेका सांसदहरुले पछिल्ला सडक दुर्घटनाको विषय उठाउँदै घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने माग गरेका हुन् । 

घाइतेहरुको उपचार कसैले पनि नगर्ने स्थितिले उनीहरु उपचारबाट वञ्चित हुने अवस्था आउने र आर्थिक रुपमा पनि भार पर्ने भएकाले यस विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको माग छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सडक समस्या समाधानका लागि गम्भीर हुन समेत सरकारलाई आग्रह गरेका छन् ।

यस्तै, सांसदहरुले पाथीभरा केबलकार विवाद समाधानका लागि समेत सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीय तहमा प्रशासकीय प्रमुखको नियुक्ति रोकेका कारण समस्या भएको भन्दै उनीहरुले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

यसैगरी, सांसदहरुले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न के गरिएको छ भनेर सरकारसँग जवाफ मागेका छन् । सत्तारुढ दलका नेताहरुले भने अध्यादेश संवैधानिक प्रावधान अनुसार नै ल्याइएको भन्दै रोक्नुपर्ने कुनै कारण नरहेको बताएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement