गोरखा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्ष्यित गर्दै सत्तारुढ दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले गण्डकी प्रदेशस्तरीय रणनिति तयार गरेको छ । गोरखामा शनिबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यशालामा बोल्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले शिक्षालयमा गठबन्धन हुनु हुँदैन भन्ने अनेरास्ववियुकै अजेन्डा भएकोले आफूहरू यो निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने दाबी गर्नुभयो ।
अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले आयोजना गरेको उक्त कार्यशालामा ११ वटा जिल्लाका ७० जना नेता कार्यकर्ताहरू सहभागिता रहेको प्रदेश अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।