काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी शर्मा ओलीको भनेर कानुन निर्माण गर्नुपर्ने भन्दै कटाक्ष गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एउटा कानुनले फरक फरक व्यवहार हुने गरेको भन्दै अब दुई वटा कानुन बनाउन जरुरी देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “म अनुरोध गर्न चाहन्छु, कानुन दुई वटा बनाउनुस् अब । एउटा ओली सरकारको कानुन ।”
प्रमुख सचेतक शाहीले मन्त्री जस्तो पदमा बसेका व्यक्तिले आईजीपीको जिब्रो थुत्छु भन्दा पनि मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइने भन्दै विधिको शासनप्रति पनि प्रश्न गर्नुभयो ।