नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासी सदस्यलाई अनलाइन मतदानको व्यवस्था

माघ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासी सदस्यलाई अनलाइन मतदानको व्यवस्था

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरूका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।

शनिबार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीकी नेतृ हिसिला यमीले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनु भयो । उहाँले पार्टीले समावेशीताको मर्मअनुसार पदाधिकारी चयन गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने बताउनु भयो । त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट चयन गर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement