सांसद पद निलम्बन फुकुवा गरिदिन लामिछानेद्वारा सभामुखलाई निवेदन

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांसद पद निलम्बन फुकुवा गरिदिन लामिछानेद्वारा सभामुखलाई निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिनुभएको छ ।सभामुख घिमिरेसँग आज सिंहदरबारमा भेटेर सांसद पद निलम्बन फकुवाको निवेदन दिनुभएको हो । 

अदालतले पुर्पक्षका लागि पठाउने निर्णय गरेको खण्डमा मात्र सांसद पदबाट निलम्बन हुनुपर्नेमा अहिले आफू धरौटी राखेर तारेखमा रिहा भएकाले निलम्बन फकुवाको माग उहाँले गर्नुभएको हो । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद पदबाट निलम्बन गरेको थियो । 

उहाँमाथि लागेको सहकारी ठगीको मुद्दा कास्की, काठमाडौं, रूपन्देही र चितवन जिल्ला अदालतमा विचाराधीन छ । पर्सामा उहाँमाथि अनुसन्धान जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement