‘राजनीतिक भागबन्डा र शक्तिकेन्द्रको प्रभावले सत्य निरूपण तथा बेपत्ता आयोगको काम रोकियो’

माघ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘राजनीतिक भागबन्डा र शक्तिकेन्द्रको प्रभावले सत्य निरूपण तथा बेपत्ता आयोगको काम रोकियो’

गोरखा । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलीय भागबन्डाकै कारण सत्य निरूपण र बेपत्ता आयोगको काम अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ ।

गोरखा सदरमुकाममा आज भएको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री भट्टराईले शक्ति केन्द्रहरूलाई देखाएर दलहरूले लाभ लिन खोजेको आरोपसमेत लगाउनुभयो । उहाँले सत्तासीन तथा विपक्षी दलहरूको स्वार्थ नबाँझिए सत्यनिरुपण तथा बेपत्ता आयोगको काम तत्काल अघि बढ्ने बताउनुभयो ।

द्वन्द्व प्रभावितका समस्या निरुपणका लागि तत्काल सत्य निरुपण तथा बेपत्ता आयोगको काम सम्पन्न गर्न दलहरू गम्भीर बन्नुपर्नेमा उहाँको जोड छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement