राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

माघ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आउँदो माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement