काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन प्रणाली फेर्ने दलहरूको चर्चाप्रति आपत्ति जनाउनुभएको छ । संसदीय पत्रकार समाजले काभ्रेमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्छ भनेर कसले अध्ययन गरेको भन्दै प्रश्न गर्नुभयो ।
उहाँको प्रश्न थियो, “अहिलेको निर्वाचन प्रणालीमा के के कमजोरी रहे र के के सुधार गर्नुपर्छ भनेर लिखित दस्तावेज कहाँ छ ?”
उहाँले अहिलेको प्रणालीबाटै आवश्यक नीतिगत सुधार नगरी प्रणाली फेर्ने कुरा राम्रो नभएको बताउनुभयो ।