कांग्रेसका मन्त्री र संसदीय कार्यसमितिको संयुक्त बैठक सुरू

माघ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसका मन्त्री र संसदीय कार्यसमितिको संयुक्त बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति तथा सरकारमा सहभागी मन्त्रीहरूको संयुक्त बैठक सुरू भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक सुरू भएको हो ।

बैठकमा सभापति देउवाले संघीय सरकारमा सहभागी १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूको कामको ब्रिफिङ लिने बताइएको छ । देउवाले उहाँहरूको अहिलेसम्मको कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा छलफल गर्नुहुनेछ ।

सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले गत भदौदेखि मन्त्रीहरूसँग संवाद थालनी गरेको थियो । महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement