काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोनगरमा जारी बैठक समसामयिक, राजनीतिक विषयसहित सरकारले ल्याएको अध्यादेशबारेको छलफलमा केन्द्रित छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेताहरुको उपस्थिति छ ।