मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

माघ ३, २०८१ |मनोज पौडेल
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु । तौलिहवा–जितपुर सडकखण्ड अन्तर्गत वाणगंगा नगरपालिका-११, देउवापारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो भने एक जना घाइते भएका छन् ।

जितपुरतर्फ जाँदै गरेको लु१०प ४४९६ नम्बरको मोटरसाईकल र तौलिहवातर्फ आउँदै गरेको यूपी५५एएच ७०९० नम्बरको मोटरसाइकल बुधबार साँझ ५ बजेतिर ठोक्किएका थिए । उक्त दुर्घटनामा नेपाली नम्बरका मोटरसाइकल चालक रूपन्देहीको सैनामैना नगरपालिका-४ का २७ वर्षीय रोमन थारू र भारतीय नम्बरका मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का ३५ वर्षे नेहामत अलीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहमणि अधिकारीले बताउनुभयो ।

दुवै जनाको उपचारका क्रममा भैरहवास्थित मेडिकल कजेलमा गए राति ११ बजे मृत्यु भएको थियो । दुर्घटनामा घाइते नेपाली नम्बर प्लेटमा सवार रूपन्देहीको सैनामैना नगरपालिका-४ का २६ वर्षीय अजय थारू घाइते भएका छन् । उनको उपचार भैरहवामा भइरहेको छ । थारूको हात भाँचिएको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement