काठमाडौं । संसद्मा भएका र नभएका कम्युनिस्ट घटकहरूको समाजवादी मोर्चाले सत्ताको दुरुपयोग भइरहेको भन्दै माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले सरकारले आफूखुशी गर्दै गएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।
बैठकले समसामयिक, राजनीतिक विषय सहित मोर्चालाई थप सक्रिय बनाउने निर्णय पनि गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चा गठनदेखि अहिलेसम्मको वैचारिक र राजनीतिक कार्यक्रममाथि समीक्षा भएको बताउँदै संसद्को हिउँदे अधिवेशन आह्वान नगरी अध्यादेश ल्याएर सरकारले संसद्को महत्वलाई वेवास्ता गरेको बताउनुभयो ।