राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति

माघ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ । माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभीष्ट भएको बताउनुभयो ।

उहाँले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति नै भएको बताउनुभयो ।

उहाँले विभिन्न जातजातिले उत्सवका रूपमा मनाउने यस प्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पूर्णमा माघी पर्वको शुभकामना व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement