काठमाडौं । गणपूरक संख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा १२ जना सांसद उपस्थित हुनु पर्नेमा आठ जना मात्रै उपस्थित भएका हुन् । गणपूरक संख्या नपुगी बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) कि सांसद गंगा कार्कीले विरोध जनाउनु भएको थियो ।
उहाँले सत्तापक्षका सांसदहरू नै बैठकमा उपस्थित नहुनु राम्रो नभएको र कोरम नपुगी बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएसँगै समिति सभापति सन्तोष चालिसेले बैठक स्थगित गर्नु भएको हो ।