नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी हो : उपप्रधानमन्त्री सिंह

मंसिर ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी हो : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको र जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनु भएको हो ।

उहाँले इतिहास बोकेको पार्टीको महत्त्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन पनि दिनु भयो । उहाँले नेपाली कांग्रेसले जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भूमिका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरू पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रूपमा हेर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो, “हामी नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य हो । क्रियाशील सदस्य भएपछि नेपाली कांग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्त्वको बारेमा हामीले अलि ख्याल राख्नु पर्‍यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली कांग्रेस पोलिटिकल्ली अधिकार दिलाउनमा अरू पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रूपमा हेर्छन् भन्ने कुरा बिर्सिनु हुँदैन ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement