काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिका आधारमा संविधान संशोधन गर्ने बताउनुभएको छ ।
पार्टीको कोशी प्रदेश सम्मेलनमा सहभागी हुन आज विराटनगर पुग्नुभएका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जसरी सहमति जुटाउन सकिन्छ सोहीअनुसार संविधान संशोधन हुने प्रष्ट पार्नुभयो।
सभापति देउवाले पार्टीमा उत्तराधिकारी तोक्ने समय आइनसकेको समेत बताउनुभयो । उहाँले समयमै पार्टीको महाधिवेशन हुनेमा आश्वस्त हुन आग्रह गर्नुभयो । यस्तै उहाँले बीआरआईमा ऋण नलिएको समेत दाबी गर्नुभयो ।