काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ अर्थात बीआरआईको समझदारीमा ऋणबारे कुनै कुरा नभएको बताउनुभएको छ ।
चीन भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल र सहमति गर्ने गरिने बताउनुभयो । उहाँले पोखरा विमानस्थलबारे पनि कुरा नभएको जानकारी दिनुभयो ।
पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले अब भारत भ्रमण पनि मिलाउनुपर्ने बताउनुभयो । उहाँले १८ महिना आफूले सरकार चलाएपछि कांग्रेस सभापति देउवालाई हस्तान्तरण गर्ने पनि दोहोर्याउनुभयो ।