प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्दै

मंसिर १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्दै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता गर्दै हुनु हुन्छ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली हिजो बेइजिङ पुग्नु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्षसँग भेटवार्ता गर्नु हुनेछ ।

आज नै प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङको उपस्थितिमा दुई पक्षबीच महत्त्वपूर्ण विषयमा सहमति तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन मंसिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नु हुनेछ । त्यसैगरी नेपाली र चिनियाँ व्यापारीहरूको भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मंसिर १९ गते प्रधानमन्त्री ओलीले बेइजिङको भ्रमण समेत गर्ने कार्यक्रम छ भने साँझ नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनु हुनेछ ।

प्रधानमन्त्री ओली मंसिर २० गते दिउँसो स्वदेश फर्किने तालिका छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement