काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारीका लागि अजेन्डा तय गर्न छेन्दुमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणाले आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै हुनु हुन्छ । प्रधानमन्त्री ओलीले गर्नु हुने चीन भ्रमणको अजेन्डा तय गर्न परराष्ट्रमन्त्री राणा चीन जानु भएको हो ।
तीन दिने चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेन्दुमा भेटवार्ता गर्नु हुनेछ । भेटवार्तामा राणा र चिनियाँ विदेशमन्त्री वाङबीच प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणको अजेन्डाको विषयमा छलफल हुने बताइएको छ । परराष्ट्रमन्त्री राणा भोलि स्वदेश फर्कनु हुनेछ । उहाँ सोमबारको प्रधानमन्त्रीको भ्रमण दलमा पनि हुनु हुन्छ ।