कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाए : लिङ्देन

मंसिर ३, २०८१ |प्रेम रौले
कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाए : लिङ्देन

बाजुरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाउनु भएको छ ।

राप्रपा जिल्ला कार्य समिति बाजुराले कोल्टीमा आयोजना गरेको आमसभामा अध्यक्ष लिङ्देनले ३५ वर्षसम्म देशको नेतृत्व गरेका दलले देशलाई निकास दिन नसकेको बताउनु भयो । 

'मत दिने नागरिक कालापहाडतिर र भोट मागेर जित्ने जनप्रतिनिधि काठमाडौंतिर लाग्ने नियती अन्त्य गर्न राप्रपा लागेको छ । देशमा भ्रष्टाचारको अन्त्य नगरीकन र कांग्रेस-एमालेको कुशासन अन्त्य नगरी देशमा परिवर्तन र विकास सम्भव छैन,' लिङ्देनले भन्नु भयो, 'कुशासन र भ्रष्टाचारको अन्त्यका लागि जनतालाई जागृत गराउनुपर्छ, त्यसैले राप्रपा यो अभियानमा लागिसकेको छ ।'

जनताका नैसर्गिक अधिकार र उनीहरुका समस्यालाई सम्बोधन नगर्दा अहिले देशले विकासको फड्को मार्न नसकेको लिङ्देनले बताउनु भयो । 


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement