काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गर्नुभएको छ ।
शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा आयोजित 'जबजका तीन दशक' विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । सञ्चारमाध्यममा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैबाट नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले नेकपा एमाले एक रहेको र एक रहने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नहुने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।