मिसन ०८४ मा कसैले बाधा पुर्‍याउन खोजे हिसाबकिताब हुन्छ : अध्यक्ष ओली

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
मिसन ०८४ मा कसैले बाधा पुर्‍याउन खोजे हिसाबकिताब हुन्छ : अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मिसन ०८४ मा कसैले बाधा पुर्‍याउन खोजे त्यसको हिसाबकिताब हुने बताउनुभएको छ ।

 जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताउनु भयो । मिसन ०८४ मा बाधा कसैले पुर्‍याउन नसक्ने उहाँको भनाइ छ । पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसाबले एकताबद्ध, अनुशासित बनाएर लैजाने कुरामा पार्टी नचुक्ने उहाँले स्पष्ट पार्नुभयो । केही स्वार्थ तत्व महाधिवेशन आउनुअघि नै लागिरहेकाले यस्ता खालका प्रवृत्तिहरुलाई कसैले पनि प्रोत्साहन नगर्न अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले अनुशासनका साथ पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउन आग्रह गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.