पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा फर्किएको घोषणा

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा फर्किएको घोषणा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा फर्किएको घोषणा गर्नु भएको छ ।

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताउनुभयो। अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको र यसमा आफूले गर्व महसुस गरेको उहाँको जिकिर छ । 

उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.