भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताउनुभएको छ ।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका आन्दोलनमा राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताउनु भयो । 'कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावका साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न सकेन,' उहाँले भन्नुभयो । अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले यही अवस्था चलिरहे कम्युनिष्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताउनु भयो ।