उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद्मा आन्दोलन जारी रहन्छः रास्वपा

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद्मा आन्दोलन जारी रहन्छः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपाले संसद् अवरोध कायमै राख्ने बताएको छ ।

शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टीका सांसद हरिप्रसाद ढकालले सदन अवरूद्ध कायमै रहने बताउनु भयो । 

उहाँले सरकारले बनाएको छानबिन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको समिति भएको आरोप लगाउनु भयो । आफूहरूको माग उच्चस्तरीय छानबिन समिति भएको र उच्चस्तरीय छानबिन समिति नबनेसम्म आन्दोलन गरिरहने चेतावनी दिनुभयो । मस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म आन्दोलन कायम रहने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सदन अवरूद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी छ । यो झारो टार्ने समिति बनेको छ, हामीले मानेका छैनौँ । हाम्रो माग उच्चस्तरीय छानबिन समिति हो । हाम्रो माग पूरा नभएसम्म रास्वपाको भिजिट भिसामार्फत मानव तस्करी गरिएको छ । यो समस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म हामी आन्दोलन जारी राख्छौँ । प्रधानमन्त्री बोल्नुहुन्छ, हाम्रो आन्दोलन पनि सँगै हुन्छ । ३४ दिनसम्म यो देशको चौथो दल आम नागरिकको विषयमा आवाज उठाउँदा सरकार प्रमुखले यसलाई नजरअन्दाज गर्नुभएको छ । चासो दिइएको छैन् ।’

सांसद ढकालले यति लामो समयसम्म रास्वपाको मागको बारेमा सम्बोधन नगरेकाले सदनमा आन्दोलन जारी रहने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.