रास्वपाको आरोप– हाम्रा उम्मेदवारलाई धम्काउने काम भयो

मंसिर २, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाको आरोप– हाम्रा उम्मेदवारलाई धम्काउने काम भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारहरूलाई धम्काउने काम भइरहेको आरोप लगाएको छ । पार्टीको केन्द्रिय कार्यलायमा आज आयोजित पत्रकार सम्मेलनमा आफ्ना उम्मेदवारलाई अपहरण गरेर राख्ने काम भइरहेको आरोप रास्वपाले लगाएको हो ।

यस्तै सहकारी ठगी प्रकरणमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका आफ्ना सभापतिको विषयलाई लिएर रास्वपाले उही ‘प्रतिशोध साँधियो’ भन्ने आरोप दोहोर्‍याएको छ । निराधार आरोपमा सभपति लामिछानेलाई नियन्त्रणमा राखेर प्रतिशोध साधिएको भन्दै मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने पार्टीले जनाएको छ ।

लामिछानेलाई बाहिरै राखेर अनुसन्धान गर्ने देखि भष्ट्राचार काण्डको छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा संयन्त्र बनाएर छानबीन अगाडि बढाउन रास्वपाले माग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.