काठमाडौं । ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा आज उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनु भएको हो ।
एक विज्ञप्तिमार्फत भट्टराई निर्वाचित भएको जानकारी दिँदै नेपाली कांग्रेसले बधाई व्यक्त गरेको छ ।