विराटनगर किंग्सको ब्रान्ड एम्बासडर दयाहाङ राई

मंसिर २, २०८१ |खेल ब्युरो
विराटनगर किंग्सको ब्रान्ड एम्बासडर दयाहाङ राई

काठमाडौं । एनपीलको फ्रेन्चाइज क्लब विराटनगर किंग्सले कलाकार दयाहाङ राईलाई गुडविल एम्बासडर घोषणा गरेको छ । किंग्सले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राईलाई गुडविल एम्बासडर घोषणा गरेको हो ।

एम्बासडर भएपछि राईले एनपीएल नेपाली क्रिकेटको नयाँ आयाम भएको बताउनु भयो । राईले भन्नु भयो, 'आफ्नो क्षेत्रको टिमसँग जोडिन पाउँदा खुसी लागेको  छ।'

गुडविल एम्बासडरको सम्झौतापत्रमा कलाकार राई र विराटनगरका वेङ्कटेस मुन्द्राले हस्ताक्षर गरेका थिए । सहकार्यको अवधि एक वर्षको रहने सम्झौताको रकम भने खुलाइएको छैन ।

कोशी प्रदेशको प्रतिनिधित्व गरेको विराटनगरले दीर्घकालमा एकेडेमी बनाउने र खेलाडीलाई प्रशिक्षण दिने बताएको छ । कोशीले पहिलो संस्करणको एनपीएलका लागि उदयपुर, इलाम, झापा, मोरङ र सुनसरीमा ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा आयरल्यान्डका केभिन ओ ब्रायन प्रशिक्षक छन् ।