काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली नेतृत्वको सरकारपछि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।
पार्टीको काभ्रे-काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार ढलेमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको हो । यसअघि पनि संसद्मा आफ्नो दलको सिट संख्यालाई जादुको संख्या भनेको प्रसंग सुनाउँदै दाहालले यो संख्याले अझ पनि जादु गर्न सक्ने बताउनुभयो ।
प्रतिपक्षी दल भनेको ‘गभर्न्मेन्ट इन वेटिङ’ हो भन्दै यो सरकारलाई उल्टाएर बन्ने सरकार आफ्नै हुने उहाँको जिकिर थियो । माओवादी केन्द्रको गठबन्धन सरकार भत्किएसँगै दाहालले ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै आउनुभएको छ ।