कांग्रेस र एमालेको सरकार भएकै बेला कम्तिमा ४० कानुन बनाइनुपर्छ : गगन थापा

मंसिर १, २०८१ |कमला पाख्रिन
कांग्रेस र एमालेको सरकार भएकै बेला कम्तिमा ४० कानुन बनाइनुपर्छ : गगन थापा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस र एमाले सरकारमा सँगै आएको औचित्य संसदबाट बनेका कानुनबाट प्रमाणित गर्नुपर्ने बताउनु भएको छ ।

सिन्धुपाल्चोक जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रममा महामन्त्री थापाले भन्नु भयो, 'दुई ठुला पार्टी सरकारमा सँगै आएका कारण पाँच वर्षमा बनाउनुपर्ने कानुन पाँच महिनाभित्र बनाएर काम देखाउनुपर्नेछ ।'

महामन्त्री थापाले नेपाली कांग्रेस र एमाले गठबन्धन सरकारले करिब ४० ओटा कानुन बनाउनुपर्ने जनाउनु भयो ।

मुलुकमा विकास गर्नका लागि सरकारले धमधाम कानुन बनाउने, संसदमा ल्याउने र दिनरात नभनीकन काम गरेर टुङ्ग्याउन नसक्ने हो भने यो सरकार पनि सफल नहुने उहाँको भनाइ थियो ।

साथै, थापाले पार्टी सरकारमा रहेका कारण कांग्रेसमा विभाजन होइन, एकताको खाँचो रहेको औ‍ंल्याउनुभयो ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement