संविधान आगामी निर्वाचन अगावै संशोधन हुन सक्छ : एमाले महासचिव पोखरेल

कार्तिक २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान आगामी निर्वाचन अगावै संशोधन हुन सक्छ : एमाले महासचिव पोखरेल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताउनुभयो । उहाँले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गर्नुभयो ।

महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढङ्गले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.