मकवानपुर । मन्त्रालय विभाजन गरी १४ वटा पुर्याएर आलोचित बनेको भोलिपल्टै वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पत्रकार सम्मेलन गरी आफ्नो सरकारका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
त्यसक्रममा उहाँले आफू मुख्यमन्त्री बनेको एक सय दिनमा कृषि, स्वास्थ्य, शिक्षा, खेलकुदलगायत सार्वजनिक सेवा प्रवाह र प्रशासनिक खर्च व्यवस्थापनमा उल्लेख्य काम गरेको दाबी गर्नुभयो ।
प्रदेशभित्र विपद् द्रुत प्रतिकार्य समूह गठनदेखि गत असोज ११ र १२ गतेको बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गरिएको विषयलाई मुख्यमन्त्रीले आफ्नो एक सय दिनको उपलब्धिमा समावेश गर्नुभएको छ ।