लोकतन्त्रको विकल्प निरंकुशता होइन, सुदृढ लोकतन्त्र हो : अध्यक्ष दाहाल

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोकतन्त्रको विकल्प निरंकुशता होइन, सुदृढ लोकतन्त्र हो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्रमात्रै हुन सक्ने बताउनुभएको छ ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४' अन्तर्गत ‘प्रचण्डपथ : सडक कि सत्ता ?’ विषयक सत्रमा बोल्दै अध्यक्ष दाहालले लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता हुनै नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्रमात्रै हो । लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता होइन ।’

अध्यक्ष दाहालले लोकतन्त्रको थप विकास र परिमार्जन गर्नुपर्ने बेला आएको स्वीकार गर्नुभयो । ‘लोकतन्त्र सधैँ प्रश्नको घेरामा रहन्छ । घेरामा रहेन भने लोकतन्त्रको विकास पनि हुँदैन,’ अध्यक्ष दाहालले भन्नुभयो, 'नेपालको लोकतान्त्रिक व्यवस्थाले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न नसकेको सत्य हो । तर यसको विकल्प छैन ।'

नेतृत्वले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सक्नुपर्ने उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.