लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्न सक्छन् : माधव नेपाल

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्न सक्छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको पनि संवाहकको रुपमा आफ्नो स्थान बनाएको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेको बताउनु भयो । अध्यक्ष नेपालले नेपाल समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको पनि दाबी गर्नुभयो ।

कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिवाद हाबी भएको उहाँको ठम्याइ छ । उहाँले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टीकरणका विरुद्धमा नजुधेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्नेसमेत बताउनु भयो ।

'नेपालको राजनीतिमा पनि र कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो,' उहाँले भन्नुभयो, 'जबसम्म यो भ्रष्टीकरणका विरुद्धमा जुध्दैनौँ हामी, जबसम्म भ्रष्टाचारका विरुद्धमा जुध्दैनौँ, जबसम्म जनतालाई केन्द्रविन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा चल्दैनौँ हामी, तबसम्म जनताको विश्वास मिल्दैन ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.