एकताको कुरा गरेर मात्रै केही हुने मैले देखेको छैन : माओवादी अध्यक्ष दाहाल

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एकताको कुरा गरेर मात्रै केही हुने मैले देखेको छैन : माओवादी अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै केही नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि धेरै चर्चा गरेको भए पनि पर्याप्त नभएको बताउनु भयो । उहाँले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले एकताको कुरा गरेर पनि धेरै केही हुने जस्तो आफूलाई नलागेको बताउनु भयो । उहाँले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरुले पनि कार्यगत एकता र विशेष-विशेष मुद्दाहरुमा एकताबद्ध हुनुपर्ने बताउनु भयो । उहाँले सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हिजो एकताको कुरा गर्दैगर्दा कमरेड मदन भण्डारीका कयौँ कुराहरु र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि चर्चा नगरेको होइन । तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी फैँले सुरु गरौं । अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहिँ देख्या छैन ।' 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement