भूमिसम्बन्धी समस्या समाधान गर्न हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भूमिसम्बन्धी समस्या समाधान गर्न हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन

काठमाडौं । सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

यस्तै बैठकले प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरी प्रदेश समन्वय विभाग नक्शालमा पदस्थापन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । 

उहाँकाअनुसार सरकारले प्राविधिक स्वास्थ्य समूहतर्फ प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजूलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदस्थापन गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.