बालुवाटारबाट रास्वपाका सांसद सहित १७ जना नेता कार्यकर्ता पक्राउ

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालुवाटारबाट रास्वपाका सांसद सहित १७ जना नेता कार्यकर्ता पक्राउ

काठमाडौं । राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री निवास रहेको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको छ ।

प्रदर्शन सुरु भएलगत्तै प्रहरीले रास्वपाका केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोककुमार चौधरीसमेत १७ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले धरपकड गरेको कार्यवाहक महामन्त्री बुर्लाकोटीको दाबी छ । प्रहरीले भने निषेधित क्षेत्र तोड्ने प्रयास गरेकाले पक्राउ गरेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.