सहकारी ठगीमा धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गरौं : गगन ‍थापा

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीमा धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गरौं : गगन ‍थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका उपसभापति धनराज गुरुङ र एमालेका सांसद ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । महामन्त्री थापाले सरकारले उनीहरुमाथि पनि तत्काल छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको हो ।

नेपाल राष्ट्र बैंकले आज काठमाडौंमा गरेको दशैं, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन सक्नुपर्ने बताउनुभएको हो । उहाँले सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन सरकार हिचकिचाउनु नहुने बताउनुभयो ।

महामन्त्री थापाले अबको ३ वर्ष सरकार तलमाथि नहुने भएकाले त्यहीअनुसार काम गर्नुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.