प्रस्तावित राजदूत लम्साल र सर्वोच्चका दुई न्यायाधीशको संसदीय सुनुवाइ बुधबार हुने

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रस्तावित राजदूत लम्साल र सर्वोच्चका दुई न्यायाधीशको संसदीय सुनुवाइ बुधबार हुने

काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ आगामी कार्तिक १४ गते हुने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधवार एकैदिन गर्नेगरी निर्णय गरेको हो । 

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उहाँहरुको सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी बैठकले निर्णय गरेको पशुपति समशेर जबराले जानकारी दिनुभयो ।

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव हुनुहुन्छ । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.